काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ । आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी सामान्य घटेको छ । चाँदी आज प्रतितोला १ हजार ९ सय ८५मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।