प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन्। ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने र त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेछ।
प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसपछि प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ३ बजे सभा गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ। सहरी विकासका इन्जिनियर पुष्प भट्टले उद्घाटनपश्चात धनगढी उपमहानगरपालिकाकालाई सभागृह हस्तान्तरण गरिनेछ।