शुक्रबार, चैत १ गते २०८१

पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं फर्किदै

पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं फर्किदै

अखबार दैनिक
आइतबार, फागुन २५ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं फर्किदै

    पोखराबाट आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किने र उनका समर्थकले ‘भव्य’ स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।

    images

    एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार भोलि काठमाडौंमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’मा फौज परिचालन गर्न लागेको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । ‘कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन दिइने छैन’, अधिकारीले भने, ‘विभिन्न युनिटका प्रहरी कर्मचारी त्यसका निम्ति तैनाथ हुनेछन् ।’

    काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था गर्ने एसएसपी अधिकारीले बताए ।तर पूर्वराजा शाह कतिबेला काठमाडौं आइपुग्ने भन्नेबारे केही जानकारी नभएको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । ‘विभिन्न हल्ला सुनिए पनि वास्तविक उडान र अवतरण तालिका हामीले पाएका छैनौं’, उनले भने । यद्यपि उनी नेतृत्वको युनिटले विमानस्थल सुरक्षाबाहेक अन्य सुरक्षा प्रबन्धको कार्य गर्दैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ