प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउँदा सडक खाली गराएर दुस्ख दिने काम भएको भन्दै विरोध भएको छ । गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन् ।
आज ओली सुर्खेत पुग्दा विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म करिब २० मिनेट यातायात बन्दका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको थियो ।