शनिबार, चैत २ गते २०८१

अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ

अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ

अखबार दैनिक
शुक्रबार, फागुन २३ २०८१
  • अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ

    अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    images

    जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताउनुभयो । नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

    दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ