बुधबार, फागुन २८ गते २०८१

होलीको माहोलमा गायक रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक

होलीको माहोलमा गायक रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, फागुन २३ २०८१
  • होलीको माहोलमा गायक रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक

    बर्दिवास ।  गायक रुद्रसेन विश्वकर्माले होली पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते रिलिज गरिएको यो गीत विश्वकर्माको अफिसियल युट्युब च्यानल ‘रुद्रसेन क्रिएशन’ मार्फत उपलब्ध छ ।

    images

    लोकप्रिय गायिका समीक्षा अधिकारीसँगको युगल गायन रहेको गीतमा रुद्रसेनकै शब्द, संगीत रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् । भिडियोमा नायक आर्यन सिग्देल, बिना राउत र रुद्रसेन स्वयंको दमदार अभिनय देख्न सकिन्छ ।

    गीतको निर्माण नीर कुमारी विश्वकर्माले गरेकी हुन् भने छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाईं, नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले सम्हालेका छन् । ‘होली सररर’ ले होली पर्वको रंगीन माहोल झल्काउने र श्रोताहरूलाई झुमाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ