शुक्रबार, चैत १ गते २०८१

वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

अखबार दैनिक
शुक्रबार, फागुन २३ २०८१
  • वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

    काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ । शुक्रबार (फागुन २३) बिहान ८ः३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकार्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।

    images

    यस दिन पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

    मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताए । चीर ठड्याइसकेपछि विधिवत् रूपमा होली पर्व सुरु भएको मानिने जानकारी दिए ।

    होली पर्व असत्यमाथि सत्यको जित भएका रूपमा पनि मान्ने गरिएको उनले उल्लेख गरे । “बाँसै किन चाहियो भन्ने कुरा पनि छ । भगवान् विष्णुलाई सबैभन्दा मन पर्ने बाँस नै हो । चीरको महत्त्व परापूर्वकालदेखि नै छ,” उनले भने, “असत्यमाथि सत्यको जितको रूपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत् रूपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।” यो वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र चैत १ गते परेको छ । २९ गते हिमाली र पहाडी जिल्लामा र चैत १ गते तराईमा होलीको सार्वजनिक बिदा दिइएको छ । न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ