बुधबार, फागुन २८ गते २०८१

सांसद अमरेशकुमारले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग

सांसद अमरेशकुमारले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • सांसद अमरेशकुमारले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् ।

    images

    प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न माग गरे । ‘किनकी, उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन,’ सिंहले भने ।

    स्वास्थ्य मन्त्रालयको सचिवमा हिजो भएको निर्णयप्रति विरोध जनाए । मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वास्थ्य सचिवमा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको थियो । सिनियरका आधारमा डा. संगिता मिश्र हुनुपर्नेमा देवकोटालाई गरिएको भन्दै सांसद सिंहले आपत्ति जनाएइा हुन्। ‘संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन । संगिता मिश्र मधेसीको आस्थाको एउटा प्रतिक थियो,’ सिंहले संसदमा भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ