गायिका अस्मिता अधिकारी र महेश काफ्लेले विहिबार लगनगाँठो कसेका छन् । राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह चलिरहेको छ । विवाहको माहोल रमाइलो बनिरहेको छ । पन्चेबाजासहित बेहुला महेश र उनका बुवा भोजराज र बेहुली अस्मिताका गीतहरू विवाहमा बजाइएको छ ।
विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट संगीतकर्मी उपस्थित छन् । विवाहमा पुग्नेहरूले उनीहरूलाई बधाई दिइरहेका छन् । केही दिनदेखि हेल्दी मेहेन्दी समारोह चलिरहेको थियो ।