शुक्रबार, चैत १ गते २०८१

‘लाज शरणम्’ले पहिलो साता कति कमायो ?

‘लाज शरणम्’ले पहिलो साता कति कमायो ?

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • ‘लाज शरणम्’ले पहिलो साता कति कमायो ?

    ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । कुमार कट्टेल निर्देशित फिल्मले पहिलो साता घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । पहिलो साता यो फिल्म मुलुकका झण्डै २०० शोसहित प्रदर्शनमा आएको थियो । महाशिवरात्रि अवसरमा प्रदर्शनमा आएका फिल्ममध्ये ‘लाज शरणम्’को कमाइ ‘फेरि रेशम फिलिली’ र ‘मायावी’भन्दा धेरै छ ।

    images

    तीनै फिल्म एकैसाथ आउँदा कुनैपनि फिल्मले अपेक्षाकृत कमाइ चाहिँ गर्न सकेनन् । यद्यपि, ‘लाज शरणम्’ले सुखद कमाइ चाहिँ गरेको छ । चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले पहिलो साता २ करोेड ७० लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

    वितरकको डेटामा चाहिँ कमाइ केही बढी हुनसक्छ । झण्डै ३ करोड हाराहारीमा वितरकको कमाइ रिपोर्ट हुनसक्ने अनुमान छ । यो हिसाबमा दोस्रो साताको कलेक्सन समावेश छैन ।

    वितरक र निर्माताले पहिलो साताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । ओपनिङ चाहिँ १ करोड १० लाख रुपैयाँ ग्रस बताएका थिए । यो मल्टिस्टारर फिल्मलाई टिभी श्रृंखला ‘सक्गिो नि’को निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ