शुक्रबार, चैत १ गते २०८१

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने

अखबार दैनिक
मंगलबार, फागुन २० २०८१
  • ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने

    सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको हो ।

    images

    सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ