आइतबार, भदौ ९ गते २०८२

थापाथलीमा फेरी फुट्यो मेलम्चीको पाइप

थापाथलीमा फेरी फुट्यो मेलम्चीको पाइप

अखबार दैनिक
मंगलबार, फागुन २० २०८१
  • थापाथलीमा फेरी फुट्यो मेलम्चीको पाइप

    काठमाडौंको थापाथली चोकनजिक मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा थापाथली चोकदेखि पूर्वतिरको सहायक सडक केहीबेर जलमग्न बनेको थियो

    अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ । सडक भने अवरूद्ध नै छ ।  के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन  ।

    यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ