संयुक्त अरब इमिरेट्स (युएई)मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ ।
अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ । ३३ वर्षीय शहजादी खान उत्तर प्रदेशकी भएको बताइएको छ ।