शनिबार, चैत २ गते २०८१

बेलायतमा टिकटक र रेडिटमाथि छानबिन सुरु

बेलायतमा टिकटक र रेडिटमाथि छानबिन सुरु

अखबार दैनिक
सोमबार, फागुन १९ २०८१
  • बेलायतमा टिकटक र रेडिटमाथि छानबिन सुरु

    एजेन्सी । बेलायतमा गोपनीयता निगरानी गर्ने एजेन्सी ‘इन्फर्मेशन कमिश्नर अफिस’ (आईसीओ) ले सामाजिक सञ्जाल कम्पनीहरू टिकटक, रेडिट र इम्गुरमाथि छानबिन सुरु गरेको छ । १३ देखि १७ वर्ष उमेरका बालबालिकाको डेटा यी प्लेटफर्महरूले कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे यो अनुसन्धान केन्द्रीत रहेको बताइएको छ । 

    images

    टिकटकको एल्गोरिथ्मले प्रयोगकर्ताहरूलाई भिडियो सिफारिस गर्न उनीहरूको डेटा प्रयोग गर्छ । यो अनुसन्धान टिकटकले बालबालिकाको व्यक्तिगत डेटाको दुरुपयोग गरिरहेको छ कि छैन भन्नेबारे भएको बताइएको छ ।

    रेडिट र इम्गुरले प्रयोगकर्ताहरूको उमेर गलत आकलन गरेको आशङ्का गरिएको छ । यी प्लेटफर्महरूले बालबालिकाले अनुपयुक्त सामग्री नदेख्ने कुरा सुनिश्चित गर्नुपर्नेछ । 

    के भन्छ बेलायती कानुन ?
    बेलायतमा सामाजिक सञ्जालका लागि कडा कानुन बनाइएको छ । यसमा, सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाले गलत वा हानिकारक सामग्री नदेख्ने र उनीहरूको उमेर राम्ररी जाँच गरिएको सुनिश्चित गर्नुपर्छ । यस अनुसन्धानमा कम्पनीहरूले कानुन उल्लङ्घन गरेको प्रमाण फेला पारेमा उनीहरूलाई पहिले स्पष्टीकरण दिने मौका दिइनेछ । त्यसपछि उनीहरू विरुद्ध कारबाही पनि हुन सक्नेछ । टिकटक, रेडिट र इमगुरले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ