काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।