काठमाडौं । सिन्धुपाल्चोकको भूकम्पको धक्का भारतसम्म महसुस गरिएको छ । शुक्रबार बिहान (फागुन १६) २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसलाई विनाशकारी गोरखा भूकम्पको परकम्प भनेको छ ।
यसको धक्का भारतका बिहार र पश्चिम बंगालको उत्तरी क्षेत्रमा पनि महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ । त्यहाँको नेसनल सेन्टर फर सिस्मोलोजीले यसलाई ५.५ म्याग्निच्युडको धक्का भनेको छ । त्यहाँ क्षतिको सूचना छैन । बीबीसी हिन्दी