काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।