काठमाडौं । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो ।
आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रबार बिहान पूजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।