शनिबार, चैत २ गते २०८१

पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’

पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’

अखबार दैनिक
मंगलबार, फागुन १३ २०८१
  • पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’

    बलिउड गायक उदित नारायण झाको पहिलो श्रीमती रञ्जना झाले सुपौल पारिवारिक अदालतमा वैवाहिक अधिकार पुनर्स्थापनाका लागि मुद्दा दायर गरेकी छिन् । रञ्जनाले आफ्ना गायक पतिमाथि पनि धेरै आरोप लगाएकी छिन् । यी आरोपहरूमा प्रतिक्रिया जनाउँदै उदितले यसलाई ब्ल्याकमेलिङ भनेका छन् ।

    images

    यस मुद्दाको पहिलो सुनुवाइ फेब्रुअरी २१ मा सुपौलको पारिवारिक अदालतमा भएको थियो । सुनुवाइको क्रममा, गायकले आफ्नी पहिलो श्रीमती रञ्जना झासँग सम्झौता गर्न अस्वीकार गरेका थिए । यसैबिच, उदितले उनलाई वर्षौँदेखि बस्दै आएको घरबाटै बेघर बनाएको आरोप रञ्जनाले लगाएकी छिन् । साथै, उनले गायकको दोस्रो बिहेको बारेमा पनि प्रश्न उठाएकी छिन् ।

    पहिलो श्रीमती रञ्जनाले दायर गरेको भरणपोषण मुद्दाका कारण उदित कानुनी समस्यामा परेका छन् । रञ्जनाले उनीमाथि अवैध रूपमा जग्गा अधिग्रहण गरेको आरोप लगाएकी छिन् । श्रीमानले आफूलाई बेवास्ता गरिरहेको दाबी पनि उनले गरेकी छिन् ।

    याचिकाका अनुसार उदितले आफ्नो जग्गा गैरकानूनी रूपमा बेचेर १८ लाख रुपैयाँ लुकाएका थिए । आफ्नो जवाफमा उदितले यी आरोपहरू अस्वीकार गरेका छन् । गायक फेब्रुअरी २१ मा सुपौल पारिवारिक अदालतमा उपस्थित भएका थिए । उनले यो मुद्दा मिलाउन अस्वीकार गरे । रञ्जनाले उनीबाट पैसा असुल्न खोजिरहेको दाबी उनको थियो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ