आइतबार, भदौ ९ गते २०८२

विद्यालय बन्द गर्न माओवादी केन्द्रको पत्र

विद्यालय बन्द गर्न माओवादी केन्द्रको पत्र

अखबार दैनिक
मंगलबार, फागुन १३ २०८१
  • विद्यालय बन्द गर्न माओवादी केन्द्रको पत्र

    झापाको कचनकवलबाट सोमबार सुरू भएको नेकपा (माओवादी केन्द्र)को जागरण अभियानकै लागि मोरङमा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको छ। माओवादी केन्द्रले मोरङको कानेपोखरी गाउँपालिकामा मंगलबार गर्ने जागरण सभामा ‘ध्वनि प्रदूषण हुने’ भन्दै त्यहाँका निजी विद्यालय बन्द गर्न माओवादीले दवाव दिएको हो। माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न भनेका हुन्। 

    उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा बृहत् जनसभा हुने उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ