शनिबार, चैत २ गते २०८१

प्रगतिशील बिहे गरेर जोगाएको पैसाबाट आफैँ पढेको विद्यालयमा अक्षयकोष स्थापना

प्रगतिशील बिहे गरेर जोगाएको पैसाबाट आफैँ पढेको विद्यालयमा अक्षयकोष स्थापना

अखबार दैनिक
मंगलबार, फागुन १३ २०८१
  • प्रगतिशील बिहे गरेर जोगाएको पैसाबाट आफैँ पढेको विद्यालयमा अक्षयकोष स्थापना

    नेकपा एमालेनिकट अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील विवाह गरेर जोगाएको खर्च आफैंले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेका छन् । उपाध्यक्ष गिरी र अनेरास्ववियुकै केन्द्रीय सदस्य इन्जिनियर रचना सापकोटाबीच गत साता एमाले केन्द्रीय कार्यालय च्यासलमा जनवादी विवाह विवाह भएको थियो । 

    images

    गिरीले बिहेमा अनावश्यक खर्च गरेर पछि आफैलाई ऋणको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि विद्यालयमा अक्षयकोषको स्थापना गरेको बताए । बिहे खर्च जोगाएर उनले प्युठानको नारिकोटस्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सो विद्यालयबाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ