नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू झापामा छन् । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा उनीहरू झापाको कचनकवल पुगेका हुन् । त्यहाँ उनीहरूले सहिद सुनिल राजवंशीको घरमा खाना खाए । सहिद राजवंशीको घरमा उनीहरूले केराको पातमा खाना खाएका हुन् ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेता सँगै बसेर खाना खाएका हुन् ।