शनिबार, चैत २ गते २०८१

ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न

ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न

अखबार दैनिक
सोमबार, फागुन १२ २०८१
  • ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न

    नेकपा माओवादी केन्द्रले ऊर्जामन्त्री दीपक खड्काको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयमा जात्रा भइरहेको टिप्पणी गरे ।

    images

    उनले भने, ‘दूधकोशी जलविद्युतका सिइओलाई कारबाही हो कि के हो ? पत्र सार्वजनिक भएको छ। मन्त्रीको आलोचना गरेको कारणले, विद्युत् महसुल आयोगले महसुल तिर्नेहरूको लाइन काट्ने हो कि नतिर्नेको ? विद्युतको महसुल नतिर्नेको लाइन नकाट्न भनिँदै छ।’

    उनले सरकारले कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाए। कुलमानले घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्‍याएर के गल्ती गरे ? लोडसेडिङ मुक्त बनाएर के गल्ती गरे ? 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ