शनिबार, चैत २ गते २०८१

प्रहरी कुट्ने अखिलका नेताहरूविरूद्ध मुद्दा दर्ता

प्रहरी कुट्ने अखिलका नेताहरूविरूद्ध मुद्दा दर्ता

अखबार दैनिक
सोमबार, फागुन १२ २०८१
  • प्रहरी कुट्ने अखिलका नेताहरूविरूद्ध मुद्दा दर्ता

    नेकपा एमाले निकट भ्रातृ संगठनका विद्यार्थी नेताहरूविरूद्ध मुद्दा दर्ता भएको छ। काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

    images

    अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी, अन्य नेताहरू गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविन सिं ऐर, दिनेश सिग्देल र सौजन्य शाहीविरूद्ध मुद्दा दायर भएको हो। उनीहरू अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने विद्यार्थीहरू हुन्।

    माघ २५ गते मध्यरातमा काठमाडौं महानगरपालिका-२६ छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि ६ जनाको समूहले कुटपिट गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ