शनिबार, चैत २ गते २०८१

चितवनमा वायुप्रदुषण बढ्दै, प्रदुषण १ सय २५ एक्युआईसम्म पुग्यो

चितवनमा वायुप्रदुषण बढ्दै, प्रदुषण १ सय २५ एक्युआईसम्म पुग्यो

अखबार दैनिक
सोमबार, फागुन १२ २०८१
  • चितवनमा वायुप्रदुषण बढ्दै, प्रदुषण १ सय २५ एक्युआईसम्म पुग्यो

    चितवन । चितवनमा वायुप्रदुषण बढ्दै गएको छ । वातवरण विभागका सूचना अधिकारी दिपक ज्ञवालीका अनुसार चितवनको वायुप्रदुषण १ सय २५ एक्युआईसम्म पुगेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डमा ५० एक्युआईसम्मलाई वातावरण राम्रो मानिने उल्लेख छ । तर, चितवनको वातावरण मापदण्डभन्दा दोब्बर बढी एक्युआईसम्म पुगेको वातावरण विद् ज्ञवालीले बताए । उनका अनुसार पछिल्लो समय काठमाडौंपछि चितवनमा बढी वातावरण प्रदुषण हुँदै आएको छ ।

    images

    चितवन जिल्लाभित्र अन्य पालिकामाभन्दा भरतपु्र महानगरपालिकामा बढी प्रदुषण हुने गरेको उनको भनाइ छ । भरतपुरमा पार्टिकुलेट म्याटर (पिएम) को औसत मात्रा ६० सम्म छ । त्यस्तै रत्ननगर नगरपालिकाको ५५, कालिका नगरपालिकाको ५० दशमलव ०६६ सम्म छ । अन्य पालिकाको सोभन्दा कम न्यून भएको ज्ञवालीले बताए ।

    विभिन्न पूर्वाधार निर्माणका काम भइरहेका छन् । यहाँ सवारी साधनको चाप समेत बढी भएकाले प्रदुषण बढ्दै गएको उनले बताए । जनसंख्याको बृद्धिसँगै प्लाष्टिक, कागज लगायतका फोहोरले पनि प्रदुषण बढाउने गर्दछ ।

    उनले चितवनको वायु अस्वस्थकर रहेकोले सचेत भएर बस्नुपर्ने धारणा व्यक्त गरे । विभिन्न ठाउँमा लागिरहेको डढेलोबाट धुवाँका कणहरु वायुमण्डलमा सञ्चित भएर असामान्य प्रकारको तुवाँलोको अवस्था आएको हो ।

    वातावरणविद् भुषण तुलाधरले वायुप्रदुषलाई नियन्त्रण गर्न सवारीसाधनमा कमी ल्याउनुका साथै सर्वसाधारणलाई यससम्बन्धी शिक्षा दिनुपर्ने बताए । उनले चितवन प्रदुषित बन्दै गएकाले मानिसहरुमा धुलो धुँवासम्बन्धी रोगको जोखिम हुने बताए । तुलाधरले वायु प्रदुषणबाट मानिसको मृत्यु पनि भएकाले सचेतना अपनाउन आग्रह गरे । जति एक्युआई बढ्यो त्यति हनिकारक छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ