जाजरकोटमा बिहीबार घाँस काट्ने क्रममा भीरबाट लड्दा स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ।जाजरकोटको कुशे गाउँपालिका-१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको मृत्यु भएको हो।
आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै उनको मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । जाजरकोटको कुशे-१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर वादीको मृत्यु भएको हो। रासस