काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार शहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ । मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।