नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । प्रचण्डले शुक्रवार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।
भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका सहिद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए ।
भेटमा सहिद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले सहिद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुङ्ग्याउन ध्यानाकर्षण गराएका छन् ।