नेपाल चेपाङ सङ्घ चितवनको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः भीमबहादुर चेपाङ चयन हुनुभएको छ । बुधबार रत्ननगरस्थित नेपाल चेपाङ सङ्घको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुर चेपाङको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा हाललाई १४ सदस्य चयन गरिएको छ । बाँकी तीन सदस्यपछि मनोनीत गर्ने जनाइएको छ । समितिको उपाध्यक्षमा इन्द्रजीत चेपाङ, सचिवमा सौरभ चेपाङ, सहसचिवमा सुजेन्द्र चेपाङ र कोषाध्यक्षमा सूर्यबहादुर चेपाङ चयन हुनुभएको छ ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा विकास चेपाङ, राजबहादुर चेपाङ, कृष्णबहादुर चेपाङ, गयासिंह चेपाङ, सफल चेपाङ, सारा चेपाङ, हिक्मत चेपाङ, गोपाल चेपाङ र जगतबहादुर चेपाङ चयन हुनुभएको सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति चितवनसहित २६ जिल्लामा फैलिएका छन् । विशेषगरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुुख्य बसोबास रहेको जिल्ला हुन् । रासस