काठमाडौं । ७५औं प्रजातन्त्र दिवसको अवसरमार टुँडिखेलमा कार्यक्रमको आयोजना गरिएको छ । गत वर्षजस्तै यसपटक पनि विभिन्न कार्यक्रमको आयोजना गरि प्रजातन्त्र दिवस मनाईएको हो ।
टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र मन्त्रीगण हरु उपस्थित भएका थिए ।
नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।