काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कीर्तिपुर अस्पतालबाट डिस्चार्ज गरिएको छ । शनिबार पोखरामा बेलुन पड्किए घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचार हुँदै आएको थियो ।
अस्पतालले उनको स्वास्थ्यमा सुधार आएसँगै सोमबार डिस्चार्ज गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।