आइतबार, चैत ३ गते २०८१

प्रधानमन्त्री ओली दाङमा

प्रधानमन्त्री ओली दाङमा

अखबार दैनिक
सोमबार, फागुन ५ २०८१
  • प्रधानमन्त्री ओली दाङमा

    प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आउनुभएको हो ।

    images

    प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गर्नुभएको थियो । उहाँले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा एमाले दाङले आयोजना गरेकोे सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमपछि उहाँले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ