आइतबार, चैत ३ गते २०८१

हेटौंडा-काठमाडौं जोड्ने छोटो सडकमार्ग डेढ महिनालाई बन्द

हेटौंडा-काठमाडौं जोड्ने छोटो सडकमार्ग डेढ महिनालाई बन्द

अखबार दैनिक
सोमबार, फागुन ५ २०८१
  • हेटौंडा-काठमाडौं जोड्ने छोटो सडकमार्ग डेढ महिनालाई बन्द

    हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने सबैभन्दा छोटो सडकमार्गको रूपमा रहेको हेटौंडा-चखेल-मातातीर्थ सडक ४५ दिन बन्द हुने भएको छ।

    images

    उक्त सडक स्तरोन्नति तथा मर्मतका लागि डेढ महिना बन्द गर्न लागिएको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ को कार्यालयले आइतबारदेखि आगामी चैतको २१ गतेसम्म उक्त सडक हुँदै आउने जाने सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ। इन्द्रसरोवर गाउँपालिका-५ को महालक्ष्मी सडकको मोडहरूमा ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ