आइतबार, चैत ३ गते २०८१

हलेसी बजार आगलागी :  झण्डै साढे ७ करोडको क्षति

हलेसी बजार आगलागी :  झण्डै साढे ७ करोडको क्षति

अखबार दैनिक
सोमबार, फागुन ५ २०८१
  • हलेसी बजार आगलागी :  झण्डै साढे ७ करोडको क्षति

    खोटाङ ।  खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ। ग्यास लिक हुँदा सुरू भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ।

    images

    हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरू भएको थियो। पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक भएर आगो सल्किएको हो।

    काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएको थियो। पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। घरको दोस्रो तलामा रहेको निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालयसमेत जलेको छ। नजिकै रहेको ऐराख राईको न्यू कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडि सँगै रहेको निजकै काठको दुईतले घरमा पूर्ण क्षति हुँदाख २ करोड ५० लाख बराबरको क्षति भएको छ।

    प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्याङकरले ओसारेर आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले जानकारी दिइन्।

    आगलागी नियन्त्रणका लागि पानी बोक्ने, ट्याङकरसहित जेसिबीलगायतका मेसिन प्रयोग गरिएको थियो। आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ