बुधबार, फागुन ७ गते २०८१

पोखरामा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

पोखरामा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • पोखरामा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

    पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा आगोमा बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका सीडीओ भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति बनाएका हुन् । 

    images

    समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका एसपी श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेडक्वाटरका एसपी सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्कीका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक सीडीओ गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ पनि रहने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ