काठामाडौं । ताप्लेजुङस्थित पाथीभारामा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरानमा दुर्व्यवहार भएको छ । पाथीभरा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरान ९ स्थित होटेलमा कालोमोसो दलिएको हो ।
ताप्लेजुङको पाथीभरामा प्रस्तावित केबलकार निर्माणको विरोधमा रहेको समूहले समर्थन गरेका पदम चेन्जी माबोलाई कालोमोसो दलेको हो । पीडित चेन्जी याक्थुङ चुम्लुङको कार्यक्रमका लागि ताप्लेजुङबाट धरान आएका थिए ।