बुधबार, फागुन ७ गते २०८१

परराष्ट्रमन्त्री राणा र यूएईका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र यूएईका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • परराष्ट्रमन्त्री राणा र यूएईका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र युनाईटेड अरब इमिरेट्स (यूएई)का विदेश राज्यमन्त्री अहमदबीच भेटवार्ता भएको छ । भेटवार्ता आइतबार ओमानको राजधानी मस्कटमा भएको हो ।  “हामीले श्रम, व्यापार र पर्यटन क्षेत्रमा आदानप्रदान बढाउने कुरामा केन्द्रित हुँदै नेपाल–युएई सम्बन्ध बढाउँदै जाने बारेमा विचार आदानप्रदान गर्यौं,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “साथै दुई पर्यटकीय शहरहरू – पोखरा र दुबई बीच प्रत्यक्ष हवाई सम्पर्कको लागि अनुरोध पनि गर्यौं ।”

    images

    परराष्ट्रमन्त्री राणा ‘आठौं हिन्द महासागर सम्मेलन’ सहभागी हुन गत शुक्रबार ओमान गएकी हुन् । सम्मेलनको साइडलाइनमा युएईका विदेश राज्यमन्त्री अहमद बिन अली अल सयेघसँग उनले भेटवार्ता गरेकी हुन् । युएईका विदेश राज्यमन्त्री अहमद बिन अली अल सयेघसँगको भेटवार्ता फलदायी भएको दाबी परराष्ट्रमन्त्री राणाले गरेकी छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ