अभिनेता जितु नेपालकी आमा योगमायाको पार्थिव शरिरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । जितुका माइला दाईले आमाको शवमा दागबत्ती दिएका थिए । जितुकी आमा योगमायालाई अन्तिम श्रद्धाञ्जली दिन ‘छक्कापञ्जा’को फिल्मको टोली पशुपति आर्यघाटमा पुग्यो ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कमेडियन भरतमणी पौडेल, सुमन कोइराला, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि आर्यघाट पुगेका थिए ।