आइतबार, चैत ३ गते २०८१

सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्छ : देबेन्द्र पौडेल

सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्छ : देबेन्द्र पौडेल

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्छ : देबेन्द्र पौडेल

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  शनिबार पोखरामा भएको घटनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बेलुनको प्रयोगको सम्बन्धमा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    images

    उनले भने, ‘सार्वजनिक समारोहहरुमा, धार्मिक समारोह, चाडपर्व, विवाह, ब्रतबन्ध, जन्मदिन आदिजस्ता कार्यक्रममा प्रयोग हुने यस्तो प्रकारका बस्तु र सामग्रीहरुको बारेमा सरकारले गम्भीर निगरानी राखेर प्रयोगको प्रसंगमा उचित व्यवस्थापन गर्न पनि सभामुखमार्फत हार्दिक अनुरोध गर्दछु ।’ पोखरामा शनिबार बेलुन पडिकँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ