आइतबार, चैत ३ गते २०८१

पप्रधानमन्त्री पौडेल र मेयर आचार्यको भेटघाटमा रोक  लगायो अस्पतालले

पप्रधानमन्त्री पौडेल र मेयर आचार्यको भेटघाटमा रोक  लगायो अस्पतालले

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • पप्रधानमन्त्री पौडेल र मेयर आचार्यको भेटघाटमा रोक  लगायो अस्पतालले

    पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यमा सुधार आएको छ । 

    images

    आइतबार कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका हुन् । निर्देशक नकर्मीले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले भेटघाट भने बन्द गरिएको बताएका छन् । 

    'हाललाई अवस्था सामान्य भएता पनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ,' विज्ञप्तिमा भनिएको छ । अस्पतालले अर्थमन्त्री पौडेल र मेयर आचार्यको घाउको अवस्थाबारे ड्रेसिङ भएपछि अध्यावधिक गरिने बताएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ