आइतबार, चैत ३ गते २०८१

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्यु

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्यु

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्यु

    नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्युकाठमाडौं । नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्यु भएको छ। शनिबार राति करिब साढे ९ बजेतिर नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। 

    images

    स्टेशनमा महाकुम्भ मेलाका लागि प्रयागराज पुग्ने भक्तजनको ठुलो भीड लागेको थियो । ठूलो भीडका कारण निसास्सिएपछि अधिकांश मानिस बेहोस भएको त्यसलाई देखेर भागदौड मच्चिँदा मानिसको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन् ।  

    प्रत्यक्षदर्शीका अनुसार मगध एक्सप्रेस निर्धारित समयभन्दा अघि नै प्लेटफर्म नम्बर १५ मा आइपुगेपछि भागदौड भएको थियो । यात्रुहरूले जबरजस्ती विभिन्न डिब्बामा प्रवेश गर्ने प्रयास गरेपछि भागदौड मच्चिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ