आइतबार, चैत ३ गते २०८१

गुठी किसानहरुलाई जग्गाधनी प्रमाणपुर्जाका लागि कानूनी व्यवस्था मिलाउन निर्देशन

गुठी किसानहरुलाई जग्गाधनी प्रमाणपुर्जाका लागि कानूनी व्यवस्था मिलाउन निर्देशन

अखबार दैनिक
शुक्रबार, फागुन २ २०८१
  • गुठी किसानहरुलाई जग्गाधनी प्रमाणपुर्जाका लागि कानूनी व्यवस्था मिलाउन निर्देशन

    काठमाडौं । गुठी किसानहरुले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी संस्थान समेतको आवश्यक समन्वयमा कानूनी व्यवस्थाको तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । 

    images

    समिति सभापति कुसुम देबी थापाले स्वर्गद्वारी गुठी किसानहरुका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेर तर्जुमा गर्न निर्देशन गरेको जानकारी गराइन् ।

    उनले भनिन्, ‘गुठी पीडितले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनीव्यवस्थाको तर्जुमा, गुठी संस्थान समेतको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयलाई निर्देशन गरिएको छ । यसमा परेका समस्या सम्बन्धी विषय तथा कार्य प्रगती विशेष  समितिलाई जानकारी गराउन समेत निर्देशन गरिन्छ ।’ साथै  उनले  छिटो भन्दा छिटो समस्याहरु समितिलाई उपलब्ध गराउन अनुरोध समेत गरिएको बताइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ