आइतबार, चैत ३ गते २०८१

परराष्ट्रमन्त्री आरजु ओमान भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री आरजु ओमान भ्रमणमा जाँदै

अखबार दैनिक
शुक्रबार, फागुन २ २०८१
  • परराष्ट्रमन्त्री आरजु ओमान भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज ओमान भ्रमणमा जाने भएकी छन् । चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राणा ओमानको मस्कट जान लागेको मन्त्रालयले जानकारी दिएको छ ।

    images

    उनी फेब्रुअरी १४ देखि २० सम्म ओमानमा आयोजना हुने ९औं हिन्द महासागर सम्मेलनमा सहभागी हुन लागेकी हुन् । यस वर्षको सम्मेलन समुद्री साझेदारीका लागि नयाँ यात्रा’ विषयमा केन्द्रिन हुने बताइएको छ ।

    मन्त्री डा. राणा ओमानका परराष्ट्रमन्त्री महामहिम सय्यद बादर बिन हमद बिन हमुद अल बुसेइदीको निमन्त्रणामा सम्मेलनमा भाग लिन जान लागेकी हुन् । भ्रमणका क्रममा, मन्त्री डा. राणाले ‘ग्लोबल साउथको आवाज प्रवर्द्धन’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ