काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । बिहिबार सेयर बजार ७.२७ अंकले घटेर २६७८.४७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बुधबार ८ अर्ब ७१ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ९२ करोड १३ लाखको कारोबार भएको छ ।
बिहिबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।