आइतबार, चैत ३ गते २०८१

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

अखबार दैनिक
बिहीबार , फागुन १ २०८१
  • बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

    नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ। काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

    images

    उनले भने, 'पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि गए रातिबाट हामीले मर्मतको सुरु गरेका छौँ। मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ।' विद्युतका तारहरू भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो। रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ