बुधबार, फागुन २८ गते २०८१

‘कर्मा’बाट एक्सन भूमिकामा फर्किए विपिन कार्की

‘कर्मा’बाट एक्सन भूमिकामा फर्किए विपिन कार्की

अखबार दैनिक
बिहीबार , फागुन १ २०८१
  • ‘कर्मा’बाट एक्सन भूमिकामा फर्किए विपिन कार्की

    काठमाडौं । विपिन कार्की स्टारर ‘कर्मा’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले विहिबार शीर्ष कलाकार विपिनको लुक्सलाई सार्वजनिक गरेका हुन् । प्राय : सामाजिक चरित्रमा देखिँदै आएका कार्की यसमा एक्सन रोलमा छन् । यसअघि ‘नाका’मा एक्सन अवतारमा देखिएका उनी यो फिल्मबाट एक्सन भूमिकामा फर्किएका हुन् ।

    images

    अँध्यारो पृष्ठभूमिको पोस्टरमा विपिनलाई बन्दुक समातेर क्रोधित भावमा देख्न सकिन्छ । उनको हेयर स्टाइल पनि नयाँ छ । एक्सन र ट्राभल कथा बताइएको ‘कर्मा’को यो पोस्टरले विपिनका प्रशंसकलाई उत्साहित तुल्याउने पक्का छ ।

    bipinkarki_karma2 (1).jpg

    फिल्ममा उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको समेत अभिनय छ । मुकुन यो फिल्ममा खलपात्रको भूमिकामा छन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ