आइतबार, चैत ३ गते २०८१

फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध

फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध

बिहीबार , फागुन १ २०८१
  • फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध

    रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री ९ह्विलचियर० सहयोग गरिएको हो ।

    images

    पूर्णअपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको जनाएको छ । हिँँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्णअपाङ्गता भएका व्यक्तिमध्ये आवश्यकताका आधारमा नौ जनालाई ह्विलचियर वितरण गरिएको वडाअध्यक्ष दोवराज तिवारीले जानकारी दिनुभयो ।

    रु एक लाख ११ हजार बराबरको लागतमा सामग्री खरिद गरेर वितरण गरिएको वडा सचिव गीता लम्साल पौडेलले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयबाट अपाङ्गता सहायता सामग्री खरिद शीर्षकमा विनियोजित रु ५० हजार र जापानी नागरिक काजुमा साकाकीमीबाट प्राप्त रु ६१ हजार सहयोगमा सामग्री खरिद गरी वितरण गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ