आइतबार, चैत ३ गते २०८१

सिन्धुलीमा भैँसीले हान्दा ७५ वर्षीय वृद्धको मृत्यु

सिन्धुलीमा भैँसीले हान्दा ७५ वर्षीय वृद्धको मृत्यु

अखबार दैनिक
बिहीबार , फागुन १ २०८१
  • सिन्धुलीमा भैँसीले हान्दा ७५ वर्षीय वृद्धको मृत्यु

    सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो । हिजो (बुधबार) बिहान ७ बजे माइलो छोरा फडिन्द्र भुजेलको गोठमा घाँस हाल्न जाँदा उनलाई भैँसीले हानेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    images

    अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हान्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ