काठमाडौं । साताको कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा पुगको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब २४ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ७१ करोडको कारोबार भएको छ ।
त्यसैगरी बुधबार १३४ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ९९ वटा कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।