काठमाडौँ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ ।